उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरु वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन ।
बिहीवार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन । उनले राजश्व संकलनको लक्ष्य पूरा गर्नको लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो भने कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने बताए ।
मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने बताए । उनले छिटो छरितो भएर सुविधाहरु बढ्दै जाँदा राजश्व पनि वृद्धि हुने बताए । मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहलाई गतिशिल र पूर्णरुपमा चलाउन कहाँ के समस्या रहेको छ बुझ्न इन्टरमोडललाई निर्देशन दिए ।
मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए ।































प्रतिक्रिया