धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन् ।
मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेचेर सडकको खाल्डाखुल्डी टाल्न रोलर किन्न लागेको बताएका हुन् । आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि उनले फेसबुकमा लेखेका छन् ।
स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन् । उनी आफ्नै मोटरसाइकल चढिरहेका छन् ।





























प्रतिक्रिया