भर्चुअल तेक्वान्दोमा पूर्णिमा र भिजनलाई स्वर्ण

भर्चुअल तेक्वान्दोमा पूर्णिमा र भिजनलाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मुलपानी तेक्वान्दो डोजाङले आयोजना गरेको ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’ मा पूर्णिमा बस्नेत र भिजन तामाङले स्वर्ण पदक जितेका छन् ।

यु–१२ महिला एकलतर्फ विजेश्वरी आवासीय माविकी पूर्णिमा छ दशमलव ९३ अङ्क प्राप्त गर्दै पहिलो भए। उक्त स्पर्धामा मुलपानीकी मेलिना राई छ दशमलव ५० अङ्क प्राप्त गर्दै दोस्रो तथा गोदावरी फिट्नेसकी सर्गम थापा र काभ्रेस्थलीकी सुस्मिता कार्की तेस्रो भए। थापाले छ दशमलव ३० अङ्क र कार्कीले छ दशमलव २० अङ्क प्राप्त गरे ।

यस्तै यु–१२ पुरुष एकलतर्फ मुलपानीका भिजन छ दशमलव ३३ अङ्क जोड्दै पहिलो भएका हुन् । सोही स्पर्धामा काभ्रेस्थलीका मिराज केसी छ दशमलव २३ अङ्क प्राप्त गर्दै दोस्रो भए । मुलपानीका रोनिश नगरकोटी छ दशमलव १३ अङ्क तथा मुलपानीकै ईश्वर पराजुली छ दशमलव ०३ अङ्क ल्याई तेस्रो भएको आयोजक काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा यू–१५ पुरुष एकलतर्फ कैलालीका अमनकुमार कठारियाले छ दशमलव २६ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जिते । मुलपानीका आयुश ढुङ्गेल छ दशमलव १४ अङ्कसहित दोस्रो तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ छ दशमलव १३ अङ्क र योग्य राई छ दशमलव ०६ अङ्कसहित तेस्रो भए ।

यसैगरी यु–१५ महिला एकलतर्फ चितवनकी आँचल बजगाईँले स्वर्ण पदक जितिन् । उनले छ दशमलव ४६ अङ्क प्राप्त गरिन् । मुलपानीकी प्रगति कुइँकेल छ दशमलव ३३ अङ्क प्राप्त गर्दै दोस्रो तथा विजेश्वरीकी प्राप्ति पुन छ दशमलव १६ अङ्क र काभ्रेस्थलीकी विनिशा खड्गी छ दशमलव १० अङ्कसहित तेस्रो भइन् ।

यसैगरी ३१–४० वर्ष उमेर समूहको पुरुष एकलतर्फ रुपन्देहीका सुरज श्रेष्ठले स्वर्ण पदक जिते । उनले पाँच दशमलव ९३ अङ्क प्राप्त गरे। सोही स्पर्धामा काठमाडौँ मैत्रीका रामचन्द्र व्यञ्जन्कार पाँच दशमलव ६६ अङ्कसहित दोस्रो भए। बागलुङका नन्द विष्ट पाँच दशमलव ५६ अङ्क तथा योन्सुफका दुर्गामान तामाङ पाँच दशमलव ३६ अङ्क प्राप्त गर्दै तेस्रो भए । प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको अध्यक्ष खड्काले बताए।रासस

Logo