ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन्। ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-४ इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका-५ घर भएका ३५ वर्षीय इलिभास मिया रहेका छन्।
उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित आफ्नो डेरा कोठामा लगी आइतबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका-१ गोदामचौरबाट पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





























प्रतिक्रिया