ब्याट म्यान (डीसी कमिकको एक काल्पनिक पात्र) उनीसँग कुनै प्रकारको पावर छैन ।
तर पैसा नगन्य भएकाले उनले चाहेका कुराहरु किनेर रातको समयमा जनताको सेवकका रुपर्मा गौथम शहर’ मा एक ठाँउदेखि अर्को ठाँउमा उड्दै अपराधीहरुलाई आफ्नो तरिकाले सजाय दिन्छन । तर जुन स्तनधारी प्राणीबाट ब्याट म्यानको परिकल्पना गरियो त्यो प्राणीसँग भने पक्कै पनि सुपर पावर छ ।
सन् २०१९ डिसेम्बर ३१ का दिन चीनको वुहान शहरमा एउटा अनौठो रोग देखा पर्यो । रोग पनि कस्तो भने बिरामी हुने र बिरामी भएको केही समयमै श्वासप्रस्वासमा समस्या भएर तुरुन्तै मृत्यु भइहाल्ने । यस्तो अनौठो रोगको गहिराइसम्म अध्ययन गर्दै जादा अध्ययनकर्ताले के पाए भने यो सबको कारण चमेरो रहेको पत्ता लगाए ।
एक अध्ययनका अनुसार संसारभर लगभग १ हजार ४ सय भन्दा बढि चमेराका प्रजातीहरु पाइन्छन् । चमेराको इतिहासलाई नजिकबाट नियालेर हेर्दा लगभग ५० मिलियन वर्ष अघि देखि चमेरा पृथ्वीमा देखिन सुरु भएको पाईन्छ । पृथ्वीमा पाइने अन्य कुनै प्राणी भन्दा चमेरो सबैभन्दा छिटो तेर्सो आकारमा उडान भर्न सक्छ । अनुसन्धानकर्ताहरुको भनाईलाई मान्ने हो भने चमेराले आफ्नो आखाँको प्रयोग शिकार वा अन्य कार्यका लागि नगन्य मात्रामा गर्छन । सोहि कारणले चमेरालाई प्रकृतिले नै शिकार, आफ्नो गन्तब्य र शिकारीहरुबाट बच्नका लागि उसको शरीरमा सोनार प्रणाली जडान गरिदिएको छ ।
मेक्सिकोको राष्ट्रिय विश्वविद्यालय तर्फका इकोलोजी इन्स्टिच्युट डिपार्टमेन्ट तर्फका रोड्रिगो मेडेलिन भन्छन् र्। चमेराहरुसँग वास्तवमै महाशक्तिहरू हुन्छ । उनीहरुसँग हामीले कसरी लामो र स्वस्थ जिवन जिउन सक्छौं भनेर सिक्न पर्छ ।’
चमेराहरू वातावरण र जैविक विविधताको दृष्टिकोणले निकै उपयोगी जीव मानिन्छ । खासगरी फललाई आहार बनाउने चमेराहरूले वनजङ्गल जोगाउन र बिउविजनको परागसेचन गरेर फूलहरूलाई फर्टिलाईज गर्न समेत मद्दत गर्दछ । त्यसैगरी मांसाहारी चमेराहरूले पनि मानिस र विभिन्न अन्न बालिका लागि हानिकारक मानिने कीराहरूलाई खाएर प्रकृति र मानवलाई प्रत्येक्ष र अप्रत्येक्ष रुपमा मद्दत पुर्याइरहेको छ ।
चमेराहरुसँग हुने सुपरपावर….
१. प्रतिध्वनीले स्थान निर्धारण गर्न सक्ने
चमेराहरु आफ्नो आखाँको दृष्टिमा भर पर्दैनन्, बरु वस्तुको स्थान पत्ता लगाउन वा पूर्ण अन्धकारमा खाना खोज्न इकोलोकेशन अर्थात प्रतिध्वनीको प्रयोग गर्छन ।
प्रतिध्वनीलाई सरल तरिकाले बुझ्न उच्च फ्रिक्वेन्सीमा निस्केका आवाजहरु कुनै सतहमा ठोकिएर फर्किएको ध्वनीहरुलाई सुनेर ठ्याकै त्यसै ठाँउलाई अड्कल गर्न सक्नुलाई प्रतिध्वनी भनिन्छ । यही तरिकाले चमेराहरुले लामखुट्टेको दुरी, आकार र संख्या निर्धारण गर्न सक्छन् । उनीहरुको शरीरमा प्रकृतिले नै जडान गरिदिएको सोनार प्रविधि यति सहि तरिकाले काम गर्छ कि उनीहरुले मान्छेको कपालमा भएको जुम्म्रालाई पनि सहि रुपमा आकार र स्थान पत्ता लगाउन सक्छन् ।
२. तिव्र गतिले उडान भर्न सक्ने
चमेरो एकमात्र यस्तो स्तनधारी प्राणी हो जसले आफ्नो मांसपेशीहरू स्व–संचालित रुपमा उडान भर्न प्रयोग गर्दछ । यसरी उडान भर्ने गरेकाले नै चमेरोलाई अन्य उड्ने प्राणी भन्दा अग्रस्थानमा आउँछ । यसका लागि चमेराको शारीरिक बनावट पनि एक कारण हुन सक्छ । किनकी चमेराको अन्य स्तनपायी प्राणीहरू भन्दा धेरै ठूलो मुटु हुन्छ । अनि अर्को कुरा चमेरा स्तनपायी प्राणी हुन, चमेराहरूले आफ्नो बच्चाहरुलाई आफ्नो स्तनपान गराउँछ । अनुसन्धाकर्ताहरुले भने अनुसार संसारकै सबैभन्दा छिटो उड्न सक्ने चमेर्रो नो कटनल ब्याट’ हो । यो चमेरो १ सय ३५ किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्नसक्छ ।
३. दिर्घायु
सामान्यतया सानो जिवहरुको आयु कम र छोटो हुने जिव विज्ञान शास्त्रिहरुको भनाई छ । तर चमेराको बिषयमा यो भनाई गलत साबित हुन्छ । शारीरिक बनावटका आधारमा हेर्ने हो भने चमेरा निकै बढि बाच्ने प्राणीहरुमध्ये एक हो । हालसम्म भएको अध्ययन अनुसार सबैभन्दा लामो समय बाँचेको चमेराको उमेर ४१ बर्ष पाईएको छ । अध्ययन अनुसार चमेराको कोषिकामा उमेर बढाउने टेलोमेर क्रोमोजोमहरूको छेउमा पाइने सुरक्षात्मक संरचनाहरूमा ध्यान केन्द्रित गर्दा धेरैजसो जनावरहरूमा, टेलोमेरहरू उमेरसँगै छोटो हुँदै जान्छन् । तर चमेराहरूकोे उमेर बढेसँगै घट्नुपर्नेमा नघटिएको पाइएको थियो । चमेरोहरू किन यति लामो बाँच्छन् ? तिनीहरू बुढेसकालसम्म कसरी स्वस्थ रहन्छन् भन्ने कुरा बुझ्न सकिएमा मानव जीवन लम्ब्याउन सकिन्छ ।































प्रतिक्रिया