प्रदेश १ को नाम ‘सप्तकोसी’ राख्न कांग्रेसको प्रस्ताव

प्रदेश १ को नाम ‘सप्तकोसी’ राख्न कांग्रेसको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रदेश १ को नाम सप्तकोसी प्रस्ताव गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले आफूहरूले प्रदेशको नाम सप्तकोसी प्रस्ताव गरेको जानकारी दिए ।  अन्य दलबाट भूगोल र पहिचानको आधारमा नामकरण हुनुपर्ने माग भइरहेका बेला कांग्रेसले सप्तकोसी प्रस्ताव गरेको हो । 

एमालेले प्रदेशको नाम कोसी प्रस्ताव गरेको छ । कांग्रेसले सप्तकोसी सबैका लागि उपयुक्त हुने दाबी गरेको छ । सचेतक राईले सप्तकोसी सबै कोसी नदीको एकरूप भएकाले उपयुक्त नाम हुने आफूहरूको बुझाइ रहेको बताए ।

Skip This
Skip This
Logo