कैलालीको गोदावरीमा बालकको शव फेला

कैलालीको गोदावरीमा बालकको शव फेला

केन्द्रबिन्दु
0
Shares

कैलालीको गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ।

गोदावरी नगरपालिका-३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा बालकको शव फेला परेको हो ।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको र घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।

Logo