बुधबार सेयर बजार उच्च अंकले बढेको छ । मंगलबार ११ दशमलव ६८ अंकले बढेको नेप्से आज ५९ दशमलव ५४ अंकले बढेर १ हजार ९८६ दशमलव ८२ विन्दुमा पुगेको हो ।
बुधबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आज २२५ वटा धितोपत्रको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सेञ्जले जनाएको छ ।
बुधबार १३ वटै समूहको परिसूचक बढेकोे छ । सबैभन्दा बढी फाइनान्स समूहको ६ दशमलव ९६ प्रतिशतले बढेको हो ।
त्यस्तै नेपाल फाइनान्स, रिलायन्स फाइनान्स र सिइडिबी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा शिबम् सिमेन्टको सर्वाधिक ९ करोड २ लाख भन्दा बढीको सेयर कारोबार भयो ।





























प्रतिक्रिया