काठमाडौं ।
आज नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन् । नेपाली सेनाद्वारा सञ्चालित भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका सैनिक जवानले आत्महत्या गरेका हुन् ।
तनहुँ रानी पोखरीका ती जवानले आज बिहान आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेको सेनाले जनाएको छ।
नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा शव प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको उल्लेख छ।
घटना बारे आवश्यक अनुसन्धान शुरु गरिएको सेनाले जनाएको छ । घटना बारेमा मृतक जवानको नातेदारलाई जानकारी गराइएको छ।





























प्रतिक्रिया