ठाउँ-ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

ठाउँ-ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

केन्द्रबिन्दु
0
Shares

पछिल्लो तीन घण्टायता काठमाडाैं उपत्यकासहित सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट आसपासको क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

 

४ वटा जिल्लामा ठूलो पानी परिरहेकाले नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेष गरी खिम्ती खोला र सोलुखोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले  आज राति ९ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पानी पर्ने क्रम अझै एक/दुई घण्टा कायम रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै अहिले वाग्मती सँगै प्रदेश एक र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।  

पछिल्लो तीन घण्टामा काठमाण्डौ उपत्यकामा ३२ मिलिमिटर, जिरीमा ३५, सोलुखुम्बुमा ५३ मिलिमिटर र सिन्धुपाल्चोकमा ३८ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले बेलुका ठूलो पानी परेकाले उपत्यका भएर बग्ने नदी तथा खोलामा पनि पानीको बहाव बढेको छ । 

 

Logo