स्कटल्याण्डद्वारा नेपाललाई १४५ रनको लक्ष्य

स्कटल्याण्डद्वारा नेपाललाई १४५ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

स्कटल्याण्डले नेपाललाई १४५ रनको झिनो लक्ष्य प्रश्तुत गरेको छ ।
आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमलव ४ ओभरमा १४४ रन ल्याएको छ
उसका लागि गाभिन मेनले अभिजित ५७ रन ल्याए । यस्तै मार्क वार्टले १७ र सफ्यान सरिफले १६ रन ल्याए । स्कटल्याण्डका लागि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन । 
स्कट्ल्याण्डलाई सस्तोमै आउट गर्न नेपालका सोमपाल कामी र आदिल अन्सारीले समान ३/३ विकेट लिए ।

यस्तै सन्दिप लामिछानेले १० ओभरमा १ मेडन राखी २ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र करण केसीले १/१ विकेट लिए । अब नेपालले जितका लागि १४५ रन ल्याउनु पर्ने छ । 
 

Logo