गर्मीले सप्तरीको जनजीवन कष्टकर, सामुदायिक विद्यालय एक महिनाका लागि बन्द

गर्मीले सप्तरीको जनजीवन कष्टकर, सामुदायिक विद्यालय एक महिनाका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । यहाँको तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट छ ।
गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी बढी प्रभावित भएका छन् । दिनहुँ साइकलमा राजविराज बजारमा घुमेर कपडा बेच्दै आएका कुनौलीका ५० वर्षीय मोहम्मद रहमान गर्मीकै कारण काममा जान सकिरहेका छैनन् । काम नगर्दा घर चलाउन समेत समस्या भएको उनले बताए । 

राजविराज नगरपालिका वडा न. १ की दुर्गादेवी रजक अर्काको घरमा काम गरेर जीविकोपार्जन गर्दै आएकी  थिइन् । तर, गर्मीका कारण एक सातादेखि उनी काममा जान सकेकी छैनन् । 
गर्मीले सबैलाई काम गर्न समस्या भइरहेको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । 
गर्मीकै कारण विद्यार्थीहरू विद्यालयमै बेहोश पर्न थालेपछि राजविराज नगरपालिकाको सामुदायिक विद्यालयहरू २८ असारदेखि २८ साउनसम्म एक महिनाका लागि बन्द भएको छ।

Skip This
Skip This
Logo