सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भनिएको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीले दिएको रिट हेर्न नभ्याइने सूचिमा परेको छ ।
अधिकारीले नेपाल वायुसेवा निगमका महाप्रबन्धक दिपुराज ज्वारचन र नेपाल वायुसेवा निगम कान्तिपथविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको हो । सर्वोच्चले साउन १५ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
अघिल्लो बिहीबार सर्वोच्चले निगमका निमित्त महाप्रबन्धक ज्वारचनलाई तत्काल अस्थायी नियुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ज्वारचनलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । उक्त आदेशसँगै अधिकारीलाई निगमका कार्यकारी अध्यक्षका रूपमा फर्किएका थिए ।
































प्रतिक्रिया