श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई मसिनो ढंकले केलाउन आवश्यक रहेको बताएका छन् ।
बार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा बोल्दै मन्त्री कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका थुपै समस्या भएकाले उनीहरुका समस्यालाई सुक्ष्म तरिकाले बुझ्न आवश्यक भएको बताए ।
बैठकमा उनले श्रम सबैसँग सम्बन्धीत विषय भएकाले श्रमिकका समस्यालाई राम्रोसँग बुझ्ने र ति समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायले पहल गर्नु पर्नेमा जोड् दिए । श्रम सबैले गर्छन् । कसैले ढुंगा, बाटो नछोई आरामको श्रम गर्छन् भने कसैले ढुंगा माटोमा लडिबुडी गरेर पनि कडा श्रम गर्छन् ।
तिनै कडा श्रम गर्नेलाई महत्व नदिइएको भन्दै, उनले भने भन्नु भयो, ‘जसले अनौपचारिक क्षेत्रमा कडा श्रम गरिरहेका छन्, उहाँहरुको श्रमको मुल्यांकन गरिनु पर्दछ । सामाजिक सुरक्षाको दायरामा ल्याएर न्याय दिने काम गर्न तर्फ सबैको ध्यान जान आवश्यक छ ।’
मन्त्री कुँवरले यसवर्षको बार्षिक कार्यक्रममा श्रम प्रतिष्ठान र श्रम आयोगको कुरा उठेकाले यो विषयलाई पनि छलफलमा ल्याउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । अन्य आयोग जस्तै श्रम आयोगको पनि आवश्कता औल्याउदै उनले यो विषयमा पनि छलफल गर्नुपर्ने बताए ।
साथै उनले श्रमिकको हक अधिकार सुनिश्चिततका लागि बनाएका ऐन, नियम र कानुनलाई पनि समय अनुकुल परिमार्जन गर्दै लानु पर्नेमा उहाँले जोड् दिनु भयो । त्यस्तै उनले बैदेशिक रोजगारमा थुपै समस्या भएकाले स्वदेशमै रोजगारी प्रर्बद्र्धन गर्ने विषयमा पटक पटक सम्बन्धित निकायसँग छलफल भइरहेको बताए ।































प्रतिक्रिया