काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ ।
महानगरपालिकाले शुक्रबार सूचना जारी गरी आइतबार र बुधबार कुहिने फोहर संकलन गर्ने बताएको छ । नकुहिने फोहोर सोमबार र शुक्रबार उठाइने छ । तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।
तोकिएको दिनमा वर्गीकरण नगरेको फोहोर संकलन गर्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ । महानगरको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुनेछ । कामपाको आग्रहलाई बेवास्ता गरे कसुर मानी सजाय गर्ने पनि महानगरले जनाएको छ।





























प्रतिक्रिया