सुन र चाँदीको मुल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मुल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको प्रति तोला १ हजार १ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Logo