गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मीको गुल्मीदरबार गाउँपालिका–२ हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन् । 

हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएको थियो । 

दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Logo