स्वदेश फर्किदै राष्ट्रिय क्रिकेट टोली

स्वदेश फर्किदै राष्ट्रिय क्रिकेट टोली

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आइसिसी पुरुष विश्वकप लिग-२ अन्तर्गतका खेलहरू खेलिसकेर स्वदेश फर्किन लागेको हो।

स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिष्पर्धा गरेको थियो। ४ वटा खेलमा नेपालले एकमा मात्रै जित हात पार्न सक्यो।

नेपालले पहिलो खेल नामिबियासँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।त्यस्तै, तेस्रो खेलमा नामिबियासँगै हार बेहोरेको थियो भने चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग लज्जास्पद हार बेहोरेको थियो।

७ टिम सहभागी विश्वकप लिग-२ को समूह चरणमा नेपाल २० खेलमा १७ अंकसहित समूहको छैटौँ स्थानमा छ।

Logo