ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलले सन् १९८१ देखि निरन्तर रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सन् १९९७ देखि प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो स्कुलले अहिले भने मास्टरर्ससम्मको अध्यापन गराउँदै आएको छ ।
विज्ञान संकायमा ३ सय ५० र व्यवस्थापन संकायमा २ सय ५० गरेर ६ सय हाराहारीमा मात्रै एलएले विद्यार्थीको भर्ना लिने गरेको छ । यसबाट के कुुरा प्रष्ट हुन्छ भने ह्वारह्वार्ती विद्यार्थी भर्ना गरेर संख्या बढाउनु भन्दा पनि थोरै विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न लिटल एन्जल्स कलेज प्रतिबद्ध रहेको छ ।
आधुनिक कक्षाकोठासहितको यो संस्थाले श्रव्यदृश्य माध्यममार्फत् प्रभावकारी रूपमा पठनपाठन गराउँदै आएको छ।
शिक्षक र विद्यार्थीबीच गाढा सम्बन्ध सिकाइको पूर्वसर्त नै हो। ‘पार्टटाइम’ शिक्षकले विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्दैनन् भन्ने कुरालाई आत्मसात गर्दै लिटिल एन्जल्सले पूर्णकालीन शिक्षक मात्र राख्दै आएको छ।
अभ्यासद्वारा आर्जन गरिएको ज्ञान दिगो हुन्छ भन्ने मान्यताका साथ सञ्चालित लिटल एन्जल्सले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रतियोगितात्मक कक्षा सञ्चालन गर्ने गर्छ।
उत्कृष्ट भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, शान्तिपूर्ण शैक्षिक वातावरणका कारण पनि लिटल एन्जल्स अन्य ‘प्लस टु’हरूभन्दा फरक छ। आधुनिक कक्षाकोठासहितको यो संस्थाले श्रव्यदृश्य माध्यममार्फत् प्रभावकारी रूपमा पठनपाठन गराउँदै आएको छ।





























प्रतिक्रिया