सन् २०१९ मा ‘इन्टरनेसनल स्कुल अवार्ड’ अन्तर्गत उत्कृष्ट अध्यापनबापत ‘एक्सिलेन्स इन टिचिङ अवार्ड’ पाउन सफल जेभियर इन्टरनेसनल कलेजले ‘विद्यार्थीलाई जीवनका लागि तयार गर्ने’ मिसन लिएको छ ।
कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेजले स्थापनाको २१ वर्ष पू्रा गरिसक्दा आफुलाई वास्तविक अर्थमै इन्टरनेसनल लेभलको कलेजका रुपमा स्थापित गरी सकेको छ ।
शिक्षण, भौतिक संरचना र नतिजामा अब्बल ठहरिएको जेभियर इन्टरनेसनलको विशेष पक्ष भनेको काउन्सिलिङ पनि हो।
प्लस टु, ए लेभल, बीसीए, बीएससी इन्भाइरोमेन्ट साइन्स, बीएससी माइक्रोबायोलोजी, बीबीएम, बीबीएस, बीएसडब्लु, एमबीएसलगायत बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि जेभियर इन्टरनेसनलको मुख्य चिनारी ‘प्लस टु’ अध्यापन नै हो।
एसइइमा ४ जिपिए ल्याएका मेधावी विद्यार्थीले रुचाएको ‘प्लस टु’ हो जेभियर इन्टरनेसनल । उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।
कलेजले खेलकुद, मनोेरञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक्स, फोटोग्राफी, कलालगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराउँदै आएको छ।
शिक्षण, भौतिक संरचना र नतिजामा अब्बल ठहरिएको जेभियर इन्टरनेसनलको विशेष पक्ष भनेको काउन्सिलिङ पनि हो।
जेभियर इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारी भन्छन्, हामी हरेक विद्यार्थीलाई नजिकबाट नियालिरहेका हुन्छौँ। उनीहरूलाई व्यक्तिगत तवरमा पथ प्रदर्शन गर्नु नै हाम्रो मुख्य जिम्मेवारी हो ।’































प्रतिक्रिया