कोरोनाबाट काठमाडौँ उपत्यकामा २ जनाको मृत्यु 

कोरोनाबाट काठमाडौँ उपत्यकामा २ जनाको मृत्यु 

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकामा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए । उनले दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।

काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्। उनमा उच्च रक्तचापको समस्या थियो ।

यस्तै गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको उनले बताए ।

Skip This
Skip This
Logo