सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन ।
ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।
सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी थिए । त्यही कसूरमा फरार रहेकामा उनलाई पक्राउ गरिएको महतोले बताए ।
सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा पूर्वसांसद समेत रहेका तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश छ ।































प्रतिक्रिया