जारको खानेपानीमा कीरा र लेउ

जारको खानेपानीमा कीरा र लेउ

केन्द्रबिन्दु
0
Shares

 जारको खानेपानीमा कीरा र लेउ भेटिएको छ । काठमाडौं उपत्यकाभित्रै हैजाको महामारी फैलिरहेका बेला सर्वसाधारणले पैसा तिरेर पिउने पानीमा पानी उत्पादक कम्पनीले लापरबाही गरेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रममा यस्तो लापबाही भेटिएको हो। 

सर्वसाधारणले प्रतिबोतल तथा जारलाई रु २० देखि रु ५० सम्म तिरेर पिउँदै आएका यहाँका विभिन्न खानेपानी कम्पनीले अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ।

 पुराना जारको अत्यधिक प्रयोगले पानीमा कीरा र लेउसमेत भेटिएकाले मानवीय स्वास्थ्यसँग खेलबाड गरेको पाइएको जनाउँदै उनले भेटिएका त्यस्ता जारलाई नष्ट गरी पानी उद्योगलाई सचेत गराइएको बताए। 

विभिन्न ब्रान्डका खानेपानीको जारभित्र कीरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले अनुगमन गरेको थियो । 

यहाँका विभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौँको सङ्ख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। 

Logo