काठमाडौं ।
आज राजधानीका केही स्थानमा बत्ती जाने भएको छ । कालिकास्थान र वरपरका केही भागमा आज बिहानदेखि नै बत्ती काटिने भएको प्राधिकरणले जनाएको छ ।
रत्नपार्क वितरण केन्द्रबाट वितरित डिल्ली बजारको कालिकास्थानदेखि विजय मेमोरियल स्कुलसम्मको ११ के भी लाइन मर्मत गर्नु पर्ने भएकोले ती क्षेत्रमा विद्युत काटिने भएको हो । विहान ७ बजेदेखि दिउसो ३ बजेसम्म कालिकास्थान फिडर सट डाउन हुने पनि नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
निर्धारित समय अगावै काम सम्पन्न भएमा सो भन्दा पहिल्यै विद्युत सुचारु हुन सक्ने पनि प्राधिकरणले जनाएको छ ।





























प्रतिक्रिया