नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताएका छन् ।
बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दैसांसद खनालले एसपीपी लिन्न भनेर मन्त्रीपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो भन्दै प्रश्न गरे । उनले भने, 'देशको क्याबिनेट भन्दा बाहिर कतातिर कार्यकारी अधिकार छ ?'
एकीकृत समाजवादीका सम्मानित नेता खनालले एसपीपीको बारेमा अमेरिकालाई तत्काल पत्र लेखेर जनताको भावनाको कदर गर्न आग्रह पनि गरे ।
उनले भने, ‘यतिबेला हाम्रो देशमा धेरै समस्याहरु गम्भीर बन्दै गएका छन् । मुलुकको राष्ट्रियताका सामु अनेकप्रकारका खतरा मडारिरहेका छन् ।
हामीले एसपीपी लिन्नौँ भनेर भनिसकेको छ । सदनबाट नै भनेको छ । मन्त्रीपरिषद्ले पनि निर्णय गरेको छ । यो एक महिनाभन्दा बढी भएसकेको छ । हामीले चाँडो भन्दा चाँडो यो पत्र लैख्छौँ र रोक्छौँ भनेर सरकारले भनेको हो । तर अहिलेसम्म पनि त्यो पत्र लेख्न नसकिनु भनेको के कारणले लेख्न सकिएको छैन ? यो हाम्रो देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि अब फेरि पनि अरु कसैले रोक्न सक्छ यो देशमा ? के कारणले रोकिँदै छ ? यसलाई गम्भीरतापूर्वक लिएर चाँडो भन्दा चाँडो समाधान गरियोस् ।’
सांसद खनालले नेपालमा अहिले धेरै समस्याहरु गम्भीर बन्दै गएकोले तत्काल समाधान गर्ने बाटोमा सरकार जानुपर्ने सुझाव दिए ।































प्रतिक्रिया