कसरी टाट पल्टिन्छ मुलुकको अर्थतन्त्र ?

कसरी टाट पल्टिन्छ मुलुकको अर्थतन्त्र ?

केन्द्रबिन्दु
0
Shares

विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको श्रीलंकाको समस्या अब चर्को महँगी र अत्यावश्यक सामग्रीको अभावमा पुगेर आम पीडाको विषय बनिसकेको छ ।

तुलनात्मक समृद्ध र केही वर्षयता स्थिर श्रीलङ्कामा अचानक आइपरेको आर्थिक सङ्कटले अचेल धेरै नेपालीहरूलाई झस्काइरहेको छ । के अब नेपाल पनि श्रीलङ्काकै मार्गमा हिँडिरहेको हो ? भन्ने जस्ता प्रश्न चिया पसलका गफहरूमा मात्र सीमित छैनन् बरु अग्रणी अर्थविद्हरूले नै सतर्क रहन चेतावनी दिन थालिसकेका छन् ।

कसरी टाट पल्टिन्छ मुलुकको अर्थतन्त्र ?

सामान्यतया मानिसहरूले आफ्नो घरेलु अर्थतन्त्रमा आम्दानी र खर्चको तालमेल सन्तुलन राख्न आआफ्नो व्यावहारिक ज्ञान र सीप प्रयोग गर्दछन् । त्यसैबीच आम्दानी बढाउने उद्देश्यले अथवा कुनै भवितव्य वा अतिरिक्त आर्थिक भार बढ्न गयो भने अन्य आर्थिक स्रोतजस्तै ऋण लिने प्रचलन ‘बार्टर सिस्टम’ (वस्तु विनिमय अर्थव्यवस्था) पछि चलेको हो ।

त्यही घरेलु आर्थिक नियम राष्ट्रिय अर्थतन्त्रमा पनि प्रयोग हुन्छ, तर नेपाल सरकारको हकमा फरक सूत्र र मान्यताले काम गरिराखेको छ । हुन त त्यही घरायसी आम्दानी र खर्चको सन्तुलन मिलाउन नसकेर वा आम्दानी बढाउन चाहेर वा अभावबाट राहत पाउनका खातिर मुलुकका पचासांैं लाख युवाशक्ति विदेशिएका छन् ।

सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तबाट एकाएक उत्पत्ति भएको कोभिड– १९ ले आज संसारको समग्र अर्थतन्त्र एवं सामाजिक अवयवलाई अस्तव्यस्त बनाउन पुग्यो, जुन सुध्रिन कती समय लाग्ने हो थाहा छैन । जब आम्दानीभन्दा खर्च बढ्यो अथवा बढाइयो भने त्यस्ता क्रियाकलापले न त घर धानिन्छ न त राष्ट्रिय राजनीति नै ।

कुनै पनि देशको अर्थव्यवस्था चलायमान बनाइराख्नका लागि वित्तीय स्रोत–साधनको आवश्यकता पर्छ । यस्ता वित्तीय स्रोतहरू राज्यले आन्तरिक तथा बाह्य स्रोतबाट व्यवस्थापन गर्ने गर्छ । अल्पविकसित तथा विकासशील देशहरूमा आन्तरिक स्रोतहरू मात्र पर्याप्त नहुने हुँदा बाह्य मुलुक र संघसस्थाहरूसँग समेत ऋण लिने गर्छन् ।

यस्ता ऋणहरू लिने बेलामा सरकारले परिपक्वता, समयावधिमा सावाँब्याज भुक्तानी गर्ने वाचा गरेका हुन्छन् । यसरी लिएका ऋणहरू सरकारले कर तथा लगानीबाट उठेको राजस्वबाट तिर्ने गर्छन् । तर, यदि कुनै मुलुकले ऋणदातालाई तिर्नुपर्ने रकम तोकिएको समयमा तिर्न नसक्ने अवस्था छ र थप ऋण प्राप्त गर्ने पनि कुनै सम्भावना देखिँदैन भने उक्त मुलुक आर्थिक रूपमा टाट पल्टिएको मानिन्छ ।

यदि कुनै मुलुकले ऋणदातालाई तिर्नुपर्ने रकम तोकिएको समयमा तिर्न नसक्ने अवस्था छ र थप ऋण प्राप्त गर्ने पनि कुनै सम्भावना देखिँदैन भने उक्त मुलुक आर्थिक रूपमा टाट पल्टिएको मानिन्छ ।

श्रीलंका लगायत कुन कुन मुलुक आर्थिक रुपमा टाट पल्टिएका थिए
कुनै बेलाको स्थिर र समृद्ध देश श्रीलंका अहिले अशान्ति र संकटमा छ । राष्ट्रपति देश छाडेर भागेपछि रनिल विक्रमासिंघेले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन । यसअघि प्रधानमन्त्री रहँदा नै उनले देश कंगाल बनेको घोषणा गरेका थिए । सरकारले मे महिनामै वैदेशिक ऋण तिर्न नसक्ने गरी ‘डिफल्ट’ अवस्थामा पुगेको बताएको थियो । त्यसयता श्रीलंकामा सत्ताविरोधी आन्दोलन र प्रदर्शन चर्किरहेका छन् । 

वैदेशिक रकम सञ्चिति रित्तिएपछि श्रीलंकाले अत्यावश्यक सामग्री आयात गर्न सकेको छैन । त्यहाँका २ करोड २० लाख नागरिकले खाना, औषधि र इन्धन किन्न संघर्ष गरिरहेका छन् । इन्धन जोगाउन सरकारले कम आवश्यकताका सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेको छ । खाना पकाउने ग्यासदेखि पिठो, धूलो दूधको समेत अभाव छ । युनिसेफका अनुसार श्रीलंकाका ५७ लाख मानिसलाई मानवीय सहायताको खाँचो छ । तीमध्ये करिब २३ लाख बालबालिका कुपोषण र वेस्टिङ (उचाइ अनुरूप तौल नहुने) रोगले ग्रसित छन् ।

दशकौं लामो भ्रष्टाचार, अव्यवस्था, वंशवाद लगायत कारणले श्रीलंका यो हालतमा पुगेको विश्लेषकहरू बताउँछन् । राजपाक्षे प्रशासनको आर्थिक नीति, गरिबी र विदेशी मुद्रा अभावले वर्तमान संकटलाई तीव्र बनाएको उनीहरूको भनाइ छ । सन् २०१९ मा सत्तामा आएका महिन्दा राजपाक्षले कर कटौतीको नीति लिएका थिए । त्यसको केही समयपछि फैलिएको कोभिड–१९ महामारीले श्रीलंकाको अर्थतन्त्र नाजुक बनाइदियो । त्यसअघि नै इस्टरको समयमा भएको बम आक्रमणले त्यहाँको पर्यटन उद्योगलाई धरापमा पारेको थियो ।

सन् २०१९ मा उच्च–मध्यम आय भएको देश श्रीलंका अहिले रुग्ण बनेपछि त्यहाँका नागरिकले ‘हामीलाई किन भिखारी बनाएको ?’ भन्दै सरकारसँग प्रश्न गरिरहेका छन् । तर, श्रीलंका पहिलोपटक आर्थिक रूपमा टाट पल्टिएको होइन । सन् १९७४ मा पनि त्यहाँको अर्थतन्त्र धराशायी बनेको थियो । त्यो बेलाको विश्वव्यापी तेल संकटले श्रीलंकालाई ठूलो झट्का दियो, गरिबी बढायो ।

तर, सन् २००७ देखि २०१६ को बीचमा श्रीलंकाले राम्रो प्रगति गरेको थियो । शिक्षा र सडक सञ्जाल निर्माणका परियोजना बनाएर कार्यान्वयनमा ल्याउनुका साथै द्वन्द्वपीडित एवं ग्रामीण भेगका नागरिकलाई राहत र रोजगारीको व्यवस्था गरिएको थियो । यसरी वार्षिक औसत ६ प्रतिशतको आर्थिक वृद्धिले श्रीलंकालाई उच्च–मध्यम आय भएको देशमा पुर्‍यायो ।

एसियाली विकास बैंकको प्रतिवेदनअनुसार सन् २०१६ को अन्त्यसम्म प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ३ हजार ८ सय ३५ डलर थियो । अर्थ व्यवस्थामा भएको संरचनागत सुधारले श्रीलंकालाई माथि उठाए पनि राजनीतिक नेतृत्वको आर्थिक अनियमितताले त्यो पुनः क्रमशः गिर्दै गयो । विश्लेषकहरूका अनुसार श्रीलंकाको सत्तामा आएका प्रत्येक शासकको आर्थिक अनुशासनहीनताले देशको सार्वजनिक वित्तलाई कमजोर बनाउँदै लग्यो ।

तिनले आयभन्दा बढी खर्च हुने र व्यापारयोग्य वस्तु तथा सेवाको उत्पादन अपर्याप्त स्तरमा पुर्‍याएर देशलाई लथालिंग हालतमा छोडिदिएका छन् । यो अवस्थाबाट कसरी पुनः माथि उठ्ने ? आफ्नै अघिल्लो अनुभव र अन्य देशको आर्थिक उतारचढावबाट श्रीलंकाले पाठ सिक्न सक्ने अवस्था भने छँदै छ । अहिले विश्वका धेरैजसो मुलुक कुनै न कुनै आर्थिक समस्याबाट गुज्रिरहेका देखिन्छन् ।

विशेषतः पूर्वी युरोपका प्रमुख दुई राष्ट्र रूस र युक्रेनबीच चलिरहेको युद्धले विश्वव्यापी मूल्यवृद्धि र इन्धन संकटलाई निम्त्याएको छ । यसको प्रभाव विकसित मुलुकको दाँजोमा अल्पविकसित र विकासशील मुलुकहरूमा ज्यादा देखिएको छ । नेपाललगायत छिमेकी मुलकहरू भारत, पाकिस्तान, श्रीलंका, भुटान आदि मुलुकका अर्थतन्त्रमा पनि यसको गहिरो असर परेको छ । सबैभन्दा बढी श्रीलंका र त्यहाँका बासिन्दाहरूले भोगेको आर्थिक तथा मानवीय समस्या अहिलेको चर्चाको विषय बनेको छ ।

सार्वजनिक ऋण तिर्न नसकेर टाट पल्टिने श्रीलंका न पहिलो देश हो न अन्तिम नै, यसअघि अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चिली, इक्वेडर, कोरिया, थाइल्यान्ड, टर्कीलगायत ३५ देश कंगाल भएका छन् ।

सार्वजनिक ऋण तिर्न नसकेर टाट पल्टिने श्रीलंका न पहिलो देश हो न अन्तिम नै, यसअघि अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चिली, इक्वेडर, कोरिया, थाइल्यान्ड, टर्कीलगायत ३५ देश कंगाल भएका छन् । अर्जेन्टिना, भेनेजुएला, ब्राजिल, मेक्सिको, उरूग्वे, कोस्टारिका, स्पेन र रूसले पटक–पटक टाट पल्टेको घोषणा गरेका छन्, जर्मनी, संयुक्त राज्य अमेरिका, चीन र जापान पनि ‘ब्यांकरप्सी’ घोषणा गर्ने देश हुन् ।

नेपालको वर्तमान अवस्था के हो
नेपाल एक विकासोन्मुख मिश्रित अर्थव्यवस्था अपनाएको, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली रहेको भूपरिवेष्टित देश हो । विश्व मानचित्रमा ०.०३ प्रतिशत तथा एसिया महादेशमा ०.३ प्रतिशत भूभाग ओगटेको छ । नेपालको अर्थतन्त्र धराशायी भइसकेको त छैन । तर, त्यस्तो अवस्था सिर्जना नआउला भनेर अहिले हामीले भोगिरहेका चुनौतीलाई कम आँकलन गर्न पनि सकिदैन । खर्चिलो संघीय व्यवस्था, कमजोर राजस्व नीति, सुस्त प्रशासनिक व्यवस्था तथा कर प्रशासन लगायत विभिन्न कारणले नेपालको अर्थतन्त्र कतै श्रीलंकाको अर्थतन्त्रको लयमा बगिरहेको त छैन भनेर प्रश्न गर्ने ठाउँ भने प्रशस्तै भेटिन्छन् । यसमा राज्यसत्ताको नेतृत्व गर्नेहरुले बेलैमा होस पुर्याउन जरुरी छ ।

Logo