नेपाल र भारतीय बजारमा पछिल्लो समय साना एसयुभीको माग बढ्दै गएको छ । ह्याचव्याकको प्लेटफर्ममा निर्माण गरिने यस्ता गाडीको लुक्स एसयुभी प्रेरित देखिने कारण वेवी एसयुभी समेत भनिने गाडीलाई माइक्रो एसयूभीसमेत भनिन्छ ।
ठूला उत्पादकहरुले समेत उत्पादनमा जोड दिन थालेको यो सेग्मेन्टमा सुजुकीले सवैभन्दा पहिले इग्निसलाई बजारमा उतारेको थियो ।
त्यसपछि एसप्रेसो र वागनआरलाई समेत एसयूभीको लुक्स दिएर बजारमा उतारेको तीनवटै गाडीले अहिले बजारमा राम्रो पकड कायम गरिरहेको छ ।
ह्याचव्याक भन्दा केही अग्लो र लुक्स समेत पृथक देखिने कारण निम्न मध्यम स्तरको आय भएका ग्राहकले यो सेग्मेन्टलाई सवैभन्दा वढिमात्रामा रुचाएपछि ह्याचव्याकको बजार भने खोसिँदै गएको छ ।
ह्याचव्याकभन्दा पनि कम मूल्यमा धेरै फिचर्स उपलब्ध हुने कारण यस्ता गाडीको माग बढ्न थालेको छ भने यसलाई ह्याचव्याक किलरसमेत भन्न थालिएको छ ।
बजारमा यस्ता गाडीको माग बढ्दै गएको देखेपछि ९ महिनअघि टाटाले पन्चलाई उतारेको थियो । यो गाडीको माग अहिले भारतमा थेगिनसक्नु गरी बढिरहेको छ । भारतमै माग बढिरहेका कारण नेपाल पठाउन आनाकानी गरिरहेको टाटा मोटर्सले ढिलोचाँडो यसलाई नेपाल भने पठाउने नै छ ।
पन्चलाई टक्कर दिनेगरी फ्रेन्च अटो निर्माता सिट्रोनले हिँजोमात्र सि३ मोडललाई बजारमा उतारेको छ । ५ लाख ७१ हजार भारुमा लन्च गरिएको यो कारलाई अहिले युरोपियन ब्रान्डको सवैभन्दा सस्तो कारका रुपमा समेत हेर्न थालिएको छ । यो कार हाल विद्यामान सवारीसाधन माथीको प्रतिवन्ध हाटे लगत्तै नेपाल आउने आधिकारिक विक्रेता सांग्रिला मोटर्सले जनाएको छ ।
यस्तो छ यी २ एसयूभीको मूल्य, पावर र फिचर्स
एउटै सेग्मेन्टका यी दुई गाडीविच धेरै विषयमा समनाता जस्तै टाटा पन्चको लम्वाई ३२८७ एमएम, चौडाई १६१५ एमएम र उचाई १६१५ एमएम रहेकोमा सिट्रोन सि३ ३९८१ लामो, १७३३ चौडा र १५८६ एमएएम अग्लो रहेको छ । साइजमा सि३ पन्च भन्दा केही एमएममात्र ठूलो छ ।
यसैगरी सि३ को ह्विलवेस पन्चको तुलनामा ९५ एमएम लामो छ भने ग्राउन्ड क्लिरियन्स पन्चको ७ एमएम वढी छ । सिट्रोनले सि३ मा १८० एमएम ग्राउन्ड क्लिरियन्स दिएकोमा टाटाले पन्चमा १८७ एमएम ग्राउन्ड क्लिरियन्स दिएको छ । फिचर्सको मामलमा पनि यी २ एसयूभी लगभग उस्तउस्तै देखिन्छन् ।
यी दुवै एसयूभीमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डुअल फ्रन्ट सिट एयरव्याग र एप्पल कारप्ले एवं एन्ड्रोइड अटो दिइएको छ । सि ३ मा भने पन्चमा नभएको वायरलेस चार्जिङ, अगाडी र पछाडी दुवै भागमा फास्ट चार्जिङ पोर्ट र वायरलेस कनेक्टिभिटी लगायत फिचर्स उपलब्ध छ । यसले यो गाडीलाई पन्चको तुलनामा थप केही प्रिमियम सावित गरेको छ ।
सि३ को क्याविन स्पेस पन्चको तुलनामा केही फराकिले भएको दावी गरिएको छ भने वुट स्पेसमा पन्च अगाडी देखिन्छ । सि ३ मा ३१५ लिटरको वुट स्पेस दिइएको छ भने पन्चमा ३६६ लिटर छ ।
यी दुवै गाडीमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । जसमध्ये पन्च नन् टर्वो इन्जिनमा मात्र उपलब्ध छ भने सि३ टर्वो अप्सनमा समेत उपलब्ध छ । पावर र टर्ककको कुरा गर्नुपर्दा पन्चले ८६ पिएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ भने सि३ ले ८२ पिएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । सि३ को टर्वो इन्जिनले भने ११० पिएस पावर र १९० एनएम टर्क जेनेरेट गर्ने दावी छ ।
टाटा पन्च ५ स्पिड म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध छ भने सि३ म्यानुअल ट्रान्समिसनमा मात्र उपलब्ध छ । यसको नन् टर्वो इन्जिनमा ५ स्पिड र टर्वोमा ६ स्पिड ट्रान्समिसन दिइएको छ । यसैगरी पन्चको माइलेज १८.९ किलोमिटर र सि३ को १९.८ किलोमिटर दावी गरिएको छ ।
मूल्यको कुरा गर्नुपर्दा वेस र टप दुवै भेरियन्टमा टाटा पन्च केही महंगो पर्ने देखिएको जसमा सि३ को वेस भेरियन्टको मूल्य ५ लाख ७१ हजार भारी तय हुँदा पन्चको यहि भेरियन्टको मूल्य ५ लाख ९३ हजार तोकिएको छ ।
यसरी वेस भेरियन्टमा पन्च सि३ भन्दा २२ हजार रुपैँयाले बढी महंगो छ । पन्चको टप भेरियन्टको मूल्य ९ लाख ४९ हजार भारु तय गरिएको छ भने सि३ को सोही भेरिन्यटको जम्मा ८ लाख ५ हजार भारुमात्र निर्धारण गरिएको बढी मूल्यको कारण टाटा मोर्टर्सले अटोमेटिकक ट्रान्समिसन हो ।
यी दुई एसयूभी नेपाल आउँदा वेस भेरियन्टको मूल्य ३० लाख हाराहारीबाट शुरु हुने र टप भेरिन्यटमा भने पन्च ७ लाख रुपैयाँसम्मले महंगो पर्ने देखिन्छ । यस्तै टप भेरियन्टमा सि ३ को मूल्य ४० लाख आसपास र पन्चको मूल्य करिब ७ लाख बढी हुँन जाँदा ४७ लाख आसपास पर्ने आँकलन गरिएको छ ।





























प्रतिक्रिया