डलर महंगीदा गाडीको मूल्य पनि बढ्न थाल्यो

डलर महंगीदा गाडीको मूल्य पनि बढ्न थाल्यो

केन्द्रबिन्दु
0
Shares

वैश्विक अर्थव्यवस्थामा आएको उथलपुथलले डलरको भाउ बढ्दै जादा नेपाल भित्रिने गाडीको मूल्यसमेत बढ्न थालेको छ । डलरको मूल्य बढेसँगै हुन्डाई कोनाको मूल्य बढीसकेको छ भने, बाँकी गाडीहरुको मूल्यसमेत उकालो लाग्न थालेको छ ।

खासगरी तेस्रो मुलुकबाट आयत हुने सवारीसाधनको मूल्यमा डलर महँगो हुँदाको असर तत्कालै पर्न थालेको हो । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही दिन अघिमात्र डलर महंगो भएको भन्दै कोनामा २ लाख ६० हजार रुपैयाँसम्मको मूल्य बढाइसकेको छ ।

यससँगै अब अन्य गाडीमो मूल्यसमेत बढ्ने सम्भावना बढेको छ । अघिल्लो आर्थिक वर्षको यही समयमा १ डलर बराबर करिब ११७ नेपाली रुपैयाँ रहिआएको अवस्थामा अहिले १ डलर बराबर करिब १२८ नेपाली रुपैयाँ पुगेको छ ।

अब, टोयोटा एवं मित्सुविसी व्रान्डका एसयूभी, ल्यान्डरोभर, टेस्ला, मर्सिडिज वेन्ज, प्युजो, विवाइडी, नेटा भी, एमजी जेडएस ईभी, जिप, हुन्डाईका केही एसयूभी लगायत ब्रान्डको मूल्यसमेत बढ्ने सम्भावना देखिएको छ ।

डलर महंगो हुँदै जाँदा भारतबाट आयात हुने व्रान्डमा भने तत्कालै असर पर्ने देखिँदैन। तर, चीनबाट आयात हुने मोटरसाइकल तथा इलेक्ट्रिक स्कुटरको मूल्य भने बढ्ने देखिन्छ । यससँगै तेस्रो मुलुकबाट आयात हुने स्पेयर पार्ट्स र एसेसोरिजको समेत मूल्य वढ्न सक्छ ।

Logo