आरजुलाई प्रधानमन्त्री र देउवालाई राष्ट्रपति बनाउने सहमतिको हल्ला अपराधिक मानसिकताको उपज : दाहाल

आरजुलाई प्रधानमन्त्री र देउवालाई राष्ट्रपति बनाउने सहमतिको हल्ला अपराधिक मानसिकताको उपज : दाहाल

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको बताएका छन ।

शनिबार जनकपुरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘यो सव हावा कुरा हो । यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन, त्यो हुन सक्ने कुरा पनि होइन’, प्रचण्डको स्पष्टोक्ति छ । 
उनले आरजु उपचारका क्रममा दिल्लीमा भएको र नेपाली राजदूत शंकर शर्माले ब्रेकफास्ट मिटिङ भनेर दूतावासमा बोलाएका बेला आरजुसँग भेट भएको बताए । त्यहाँ राजदूत शर्माले आरजुलाई समेत बोलाएकाले एकछिन ब्रेकफास्टका बेला सँगै बसे बाहेक अरु केही कुरा नभएको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले संसदले नागरिकता विधेयक पारित गरेर झण्डै ७ लाख नेपालीहरु नागरिकताबाट बञ्चित हुने अवस्थाको अन्त्य गरिएको पनि बताए । समाजवादी केन्द्र र वामपन्थी एकताबारे सोधिएको प्रश्नमा प्रचण्डले जनता समाजवादी पार्टी फुटिसकेको भन्दै औपचारिकता दिन बाँकी रहेको र दुवै पक्ष (उपेन्द्र र बाबुराम) सँग छलफल चलिरहेको बताए । 

उनले उपेन्द्र यादवले नेतृत्व गरेको समूहसँग सरकार र गठबन्धनमा सँगै रहेको भन्दै बाबुरामले बनाउने भनेको अर्को पार्टी पनि गठबन्धनभन्दा बाहिर नहुने बताए ।  

Skip This
Skip This
Logo