नेपालको राजनीतिमा भ्रष्ट प्रवृति देखा परेको छ बेलैमा सचेत हुनुपर्छ : माधव नेपाल

नेपालको राजनीतिमा भ्रष्ट प्रवृति देखा परेको छ बेलैमा सचेत हुनुपर्छ : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् । आज कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले दलाल पुँजीलाई पोषेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवद्र्धन हुनेकुरा सम्भव नहुने बताएका हुन् ।

अध्यक्ष नेपालले राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको समेत बताए । देशको राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको भन्दै यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको अध्यक्ष नेपालको भनाइ थियो । उनले नेपालको राजनीतिमा भ्रष्ट प्रवृति देखा परेकोले बेलैमा सचेत हुनुपर्ने आवश्यक्ता रहेको बताए । 

Skip This
Skip This
Logo