व्यवसायिक सिप प्रदान गर्दे डार्डो नेपाल

व्यवसायिक सिप प्रदान गर्दे डार्डो नेपाल

केन्द्रबिन्दु
0
Shares

मुगुका अपांगता भएका व्यक्तिहरूले पछिल्लो सयम जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि विभिन्न तालिम, सिप प्राप्त गरिरहेका छन् । यही क्रममा गैरसरकारी संस्था अपांग पुनर्सथापना तथा ग्रामीण विकास संस्था (डार्डो) नेपाल मुगुले पनि जिल्लाका अपांगता भएका व्यक्तिहरूलाई सिपमुलक तालिम दिएको छ । 

आईएनएफ मुगुको आर्थिक सहयोगमा र उक्त संस्थाको सहजीकरणमा अपांगता भएकाहरूलाई आत्मनिर्भर र जीविकोपार्जन गर्ने उद्देश्यले व्यवसायिक तरकारी खेती र सीपमुलक कार्यक्रम सिलाई कटाई तालिम प्रदान गरेको हो ।  

तालिमले यहाँ आर्थिक संकटमा रहेका अपांगता भएका व्यक्तिहरूलाई आयस्रोत बढाउने आसा गरिएको छ । पछिल्लो समय कर्णालीका केही अपांगता भएका व्यक्ति व्यवसायिक सिप सिकेर आत्मनिर्भर बनेका छन् ।  

दुर्गम भेग र अपांगता भएका व्यक्तिहरूको पिडालाई केही कम गर्न सकियोस भनेर आईएनएफ मुगु र डार्डो नेपालले शीपमुलक कार्यक्रम थालनी गरिएको छ । सिलाई कटाई तालिममा अपांगता भएका पाँच जना महिला थिए भने १६ जनाले  तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । 

Logo