कांग्रेसले बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुन्छ : झलनाथ खनाल

कांग्रेसले बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुन्छ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आउँदो निर्वाचनमा तालमेल हुन नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यकर्ता भेलामा उनले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल गर्न नसकिने स्पष्ट पारे । तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनले उल्लेख गरे ।
नेपाली कांग्रेसप्रति लक्षित गर्दै नेता खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने बताए ।

उनले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आउँदो निर्वाचनमा बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क पनि गरे । अहिले वाम एकताको खाँचो रहेको खनालले औँल्याए ।
उनले आउँदो निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने भन्दै यसका लागि नेकपा एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए । सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता असम्भव नरहेको उनको भनाइ छ ।

Skip This
Skip This
Logo