श्वेत-गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्वेत-गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आइतवार अन्तिम दिन रहेको  छ ।  

कम्पनीले साउन ४ गते देखि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख  हुन आउने सेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको छ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । 

Logo