नेपाल उद्योग परिसंघले आगामी ५ वर्षपछि नेपालबाट ४.६ अर्ब अमेरिकी डलरको निर्यात हुने वातावरण बनाउने घोषणा गरेको छ । उद्योग परिसंघको १९औं साधारण सभाको उद्घाटन समारोहमा परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले यस्तो घोषणा गरेका हुन् ।
उनले परिसंघले ‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत् देशमा वार्षिक १ हजार नयाँ उद्योग दर्ता गर्ने वातावरण बनाउने बताए । अध्यक्ष अग्रवालले परिसंघले सन् २०३० सम्ममा कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशत पुग्नेगरी काम गर्ने पनि बताए । अध्यक्ष अग्रवालले निजी क्षेत्रले विभिन्न समस्या भोगिरहेको अवस्थामा मौद्रिक नीति कसिलो आएको बताए ।































प्रतिक्रिया