काठमाडौं ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ ।
संक्रमणको जोखिम बढ्दै गएपछि एक हप्ताका लागि जारी भएको निषेधाज्ञाको ९ औं दिन पनि सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारी साधन सडकमा देखिएका छैनन् । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफूल बोकेका सवारी साधन निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।
प्रशासनले औषधि र पानीबाहेकका पसलहरु बिहान ९ बजेसम्मका लागि मात्रै खोल्न दिएको छ । यसले गर्दा सडक बजार आज झनै सुनसान देखिएका छन् । एक हप्ताको निषेधाज्ञा प्रभावकारी बनेको भन्दै सरकारले पुनः एक साताका लागि निषेधाज्ञा थप गरेको छ ।
नेपालमा विहिबार मात्रै एक हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखियो भने ८ जनाको मृत्यु भयो । योसँगै हालसम्म नेपालका कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५२९ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १८३ पुगेको छ । त्यस्तै २० हजार ७३ जना निको भएका छन् ।
सबै भन्दा बढी संक्रमित फेला परेको काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३९६ जना पुगेको छ । बिहिबार मात्रै काठमाडौं ३७७ जना कोरोना संक्रमित फेला परे जुन हालसम्मकै धेरै हो । योसँगै काठमाडौंमा ३ हजार ४५५ जना, भक्तपुरमा ३६५ जना र ललितपुरमा ५७६ जना कोरोना संक्रमित फेला परेका छन् ।





























प्रतिक्रिया