आज भन्दा करोडौं वर्ष पहिले पृथ्वीमा डायनासोरहरूले शासन गरेका थिए । यी विशाल जनावरहरूको आकार ठूला ठूला भवन जतिक्कै थियो ।
केही डायनासोर मांसाहारी थिए भने, केही शाकाहारी थिए । हालै जीवाश्मविद् र पुरातत्वविद्हरू ती डायनासोरहरुको अस्तित्व पुरातात्विक स्थलहरुमा उत्खनन गर्दा डायनासोरका अवशेष अथवा जीवाश्म फेला पार्दै आएका छन् ।
यसै खोज अन्तर्गत हालै दक्षिणपश्चिम चीनको एक रेस्टुरेन्ट भित्र डायनासोरको इतिहाससँग सम्बन्धित एउटा महत्वपूर्ण वस्तु फेला परिएको छ । सो रेस्टुरेन्ट भित्र करिब १० करोड वर्ष पुरानो डायनासोरको पाइला छाप फेला परेको हो।
रिपोर्टका अनुसार प्रारम्भिक क्रेटासियस कालमा पाइने डायनासोरको खुट्टाको छाप सिचुआन प्रान्तको लेसान स्थित एक रेस्टुरेन्ट कम्प्लेक्समा धेरै ढुङ्गाहरू बिच सो अवशेष भेटिएको थियो । यसअघि सो रेष्टुरेन्टको जग्गामा फार्म थियो ।
चाइना युनिभर्सिटी अफ जियोसाइन्सेसकी पेलियोन्टोलोजिस्ट र प्रोफेसर लिडा जिङलको टोलीले शनिबार थ्रीडी स्क्यानर प्रयोग गरेर सो डायनासोरको अवशेष भएको पत्ता लगाएका थिए । भेटिएका ती पाइलाहरु फिल्ममा देखाइएको जस्तै देखिन्छ । अध्ययनकर्ताहरुका अनुसार सो डायनासोर ब्रोंटोसोरस साउरोपोड प्रजातिहरूको हो । यो प्रजातिका डायनासोरहरु लामो घाँटी र लामो पुच्छरका लागि परिचित छ ।
यो डायनासोरलाई हालसम्म पृथ्वीमा पाइएको मध्ये सबैभन्दा ठूलो जनावरका रुपमा हेरिएको छ । यो डायनासोर तीनवटा स्कूल बस जत्तिकै लामो र ठुलो थियो । जिङका अनुसार रेस्टुरेन्टमा फेला परेको डायनासोरको पाइला छापलाई मापन गर्दा उसको उचाई करिब २६ फिट लामो भएको देखाएको बताए । क्रेटासियस अवधिलाई डायनासोरर्को स्वर्ण युग’ मानिन्छ । एजेन्सी































प्रतिक्रिया