एक वर्षमा ग्लोबल आइएमई बैंकले कमायो ५ अर्बभन्दा बढि नाफा

एक वर्षमा ग्लोबल आइएमई बैंकले कमायो ५ अर्बभन्दा बढि नाफा

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्बभन्दा बढि नाफा कमाएको छ । आव २०७७/७८ मा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ कमाएकोमा गत आवमा २५ प्रतिशतले वृदि भई ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको हो । 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो ।  समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने खुद कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ । गत वर्षको असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ । 

बैंकले गत आर्थिक वर्षमा कूल २ खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कूल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको छ । 
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ । त्यसैगरी जगेडा कोष २०.४२ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
 

Logo