एसईईको नतिजा स्प्यारो एसएमएमबाट हेर्नुहोस

एसईईको नतिजा स्प्यारो एसएमएमबाट हेर्नुहोस

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले एसईई २०७८/२०७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएस सँग सम्झौता गरेको छ ।
एसईई विद्यार्थीले एसएमएस मार्फत एसईईको नतिजा हेर्न सक्नेछन । स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो । जसले एकदशकदेखि प्रत्येक बर्ष एसईई को नतिजा प्रकाशित गर्दै आएको छ । एसईईको यस बर्षको नतिजा मंगलबार सार्वजनिक गर्ने राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ ।

यसरी हेर्नुहोस नतिजा :

तपाईको SEE (SLC) को नतिजा २०७८/२०७९ को SMS मार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस्:
1. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्
२. नयाँ SMS लेख्नुहोस्
3. आफ्नो Symbol नम्बर टाईप गरेर एउटा Space दिनुहोस्
4. 35001 मा SMS पठाउनुहोस्
 

Logo