काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्याको विरोध गर्दै प्रर्दशन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विद्यार्थी संगठनका नेता पक्राउ परेका छन् । शुक्रबार दिउँसो त्रिचन्द्र कलेज अगाडि शान्तिपूर्ण रुपमा विरोध प्रर्दशन गर्दा नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् ।
राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाका अनुसार पक्राउ पर्नेमा संगठनका अध्यक्ष महेशबहादुर सिंह, वरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, विजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी र नरेश मोरसहित १२ जना रहेका छन् ।
गत बुधबार राति तेलीको गोली हानी हत्या गरिएको थियो । मन्दिर नजिक रहेको कुटीमा खाना खाइरहेको अवस्थामा उनीमाथि गोली हानिएको थियो ।


































प्रतिक्रिया