संविधानविद् डा.भीमार्जुन आचार्यले देशको अर्थतन्त्र गिर्दो अवस्थामा सरकार विदेशीलाई नागरिकता बाँड्नमै केन्द्रित भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले देशको बजेटभन्दा बढी व्यापार घाटा र वैदेशिक ऋण भएको उल्लेख गर्दै नेपालमा जस्तो गैरजिम्मेवार र राष्ट्र विरोधी शासक दुनियाँमा कही नभएको टिप्पणी गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आर्थिक वर्ष ०७८÷०७९ मा हामीले विभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेटभन्दा बढीको सामान आयात गरेका रहेछौँ। तीमध्ये भारतबाट मात्र १२ खर्बभन्दा बढीको सामान आयात गरिएको रहेछ। यसबाट भारतसँग मात्र हाम्रो व्यापार घाटा साढे १० खर्ब जतिको छ।’
‘संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहीँ कतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र वर्षेनि ३ खर्ब जतिको छ। देशको हालत यस्तो छ तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारणसम्म पनि हुँदैन’‚ उनले भने, ‘उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरी विदेशीलाई नागरिकता बाँड्न केन्द्रित छ। शायद यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्रविरोधी शासक दुनियाँमा अब बाँकी छैनन् होला। कोही बॅाकी रहेका पनि हालसालै भागीसके। हामी नेपाली अब जागौं ? अति भयो ?’





























प्रतिक्रिया