मुगुमा शिशु मृत फेला

मुगुमा शिशु मृत फेला

केन्द्रबिन्दु
0
Shares

मुगुमा शिशुको शव फेला परेको छ । सदरमुकाम गमगढी बजार नजिकै छायानाथ रारा नगरपालिका २ ट्राफिक प्रहरी कार्यालय नजिकै मृत अवस्थामा शिशुको शव फेला परेको हो । 

अपराह्न ४ बजे तिर बेवारिसे शिशुलाई कुकुरले च्यापेर ल्याएको स्थानीले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी  पाएलगत्तै प्रहरीले  घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

प्रहरीका अनुसार मृत शिशुलाई कुकुरले घटना भएको स्थलबाट मुखमा च्यापेर ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शिशुको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ठिनिमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुवास हमालले बताए ।

Skip This
Skip This
Logo