सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षाको प्रादुर्भाव नभएको भए सभ्य र सुन्दर समाज निर्माण गर्न नसकिने बताएका छन् । पार्वती बहुमुखी क्याम्पसको उद्घाटन गर्दै उनले शिक्षालाई अहिलेको बदलिँदो परिस्थितिअनुसार निर्माण गर्न नसकिएको बताएका हुन् ।
मन्त्री कार्कीले शिक्षा भनेको प्रमाणपत्र प्राप्त गर्ने माध्यमजस्तो मात्र मात्रै भएको बताए । मुलुकमा दुई किसिमको युवा जनशक्ति रहेको चर्चा गर्दै उनले एउटा गाउँबाट अएको सामान्य शिक्षा लिएर सहर पस्ने, तर त्यहाँ आकांक्षा, आवश्यकता पूरा नभएपछि देश छाडेर खाडी देशमा जाने अनि डर्टी, डिफिकल्ट र डेञ्जर काम गर्ने गरेको उल्लेख गरे ।
तर त्यही जनशक्तिले मुलुकमा रेमिट्यान्स पठाउने र त्यसैले देश चल्ने गरेको उनको भनाइ थियो ।





























प्रतिक्रिया