मानव अधिकार आयोगद्वारा ४१२ उजुरी फर्छ्यौट

मानव अधिकार आयोगद्वारा ४१२ उजुरी फर्छ्यौट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मानव अधिकार आयोगले आव ०७८÷७९ मा ४१२ वटा उजुरी फर्छ्यौट गरिएको जनाएको छ । आयोगले पुनः पेश गरिएका उजुरीहरूसमेत गरी ४ सय १२ वटा उजुरीमाथि फर्छ्यौट गरेको हो ।

फर्छ्यौट गरिएका उजुरीमा ९ उजुरी खारेज भएका छन् भने २ सय ५१ उजुरी तामेलीमा छन्। पुनः पेश भएका उजुरी ६१ वटा छन्। यो वर्ष ४ हजार २ सय १४ वटा उजुरीहरू जिम्मेवारी सरेर आएका आयोगले जनाएको छ।

आयोगले गरेका सिफारिश भएकामध्ये अधिकांश सरकारले कार्यान्वयन गर्न नसकेको आयोगले जनाएको छ।

यो अवधिमा आयोगले कोभिड–१९, स्थानीय तह निर्वाचन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता अधिकार, कारागार र हिरासतमा मृत्यु, जातीय विभेद, सीमान्तकृत समुदायको अधिकारलगायत विषयमा अनुगमन गरेको थियो।
 

Logo