नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नवनियुक्त भारतीय राजदुत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। राजदूत श्रीवास्तवले पौडेल निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन् ।
राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको वरिष्ठ नेता पौडेलको चिवालयले जनाएको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।
भेटका क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।































प्रतिक्रिया