कोरोना भाइरस संक्रमणबाट देशका बिभिन्न जिल्लामा ५ जनाको मृत्यु भएको छ।
चितवन मेडिकल कलेज, चितवनमा उपचार गराइरहेकी एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ । गएको ७ गते अस्पताल भर्ना भएकी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ की ७१ वर्षीया महिलाको बिहान ज्यान गएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
यस्तै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
उनलाई प्रतिष्ठानमा ३ गते भर्ना भइ सोही दिन कोरोना पुष्टि भएको थियो । मृतकमा दीर्घकालीन रोग मृगौला डायलासिस गरिरहेको मधुमेह, अल्प रक्त कोशिकाका समस्या रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।
यस्तै प्रतिष्ठानमा ५६ वर्षीय महिलाको पनि कोरोना संक्रमितको कारण मृत्यु भएको छ। मोरङ बेलबारी नगरपालिका ५ का संक्रमितको शुक्रबार बिहान सवा ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। मृतक कोशी अस्पतालबाट रिफर गरी उपचार गर्न आएका थिए । उनी खोकी, श्वास फेर्नमा समस्या र ज्वरो आएकोले अस्पतालबाट रिफर भएका थिए।
प्रतिष्ठानमा ९ गते भर्ना भइ सोही दिन कोरोना पुष्टि भइ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।
यता कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिइन्। आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उनले जानकारी दिइन् । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचाप लगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए।
त्यस्तै रुपन्देहीमा कोरोनाबाट ६० बर्षिय पुरुषको शुक्रबार मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसीयुको भेन्टिलेटरमा उपचारत तिलोत्तमा नगरपालिकाको वडा नम्बर ४ निवासी ६० बर्षिय पुरुषको शुक्रबार बिहान २:३० बजे मृत्यु भएको हो ।
अस्पतालले दिएको जानकारी अनुसार ति पुरुषलाई भदौ ७ गते कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना गराइएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनी दिर्घ रोगी, प्रेसरका रोगी भएको अस्पतालले बताएको छ ।





























प्रतिक्रिया