प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

केन्द्रबिन्दु
0
Shares

संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सुरु हुनेछ।

आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभामा उत्पत्ति भएको स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, राष्ट्रिय सभामा उत्पत्ति भएको प्रत्यायन   (एक्रिडिटेसन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६   माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको काठमाडौं उपत्यका सार्वजनिक यातायात यातायात  (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको सहरी क्षेत्र सार्वजनिक   यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

Skip This
Skip This
Logo