पाँच वटा बैंकसँग रिचार्जरको छुट सम्झौता

पाँच वटा बैंकसँग रिचार्जरको छुट सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा घरमै किस्ताबन्दीमा सामान उपलब्ध गराउने उद्देश्यले रिचार्जरले ५ वटा वाणिज्य बैंकहरुसँग छुट सम्झौता गरेको छ । विहिबारदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा आफ्ना सेवाग्राहीले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने गरि वाणिज्य बैंकहरुसँग छुट सम्झौता गरिएको रिचार्जरले जनाएको छ ।

एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकसँग रिचार्जरले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने सम्झौता गरेको हो ।

सो सम्झौता अनुसार अब भदौ ११ देखि १८ गतेसम्म चल्ने मेगा ग्याजेट्स सेलमा ५ वटा वाणिज्य बैंकको क्रेडिट कार्डवाला ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने भएका छन् ।

कार्ड नभएकाहरुले रिचार्जर एपको इएमआईमा गएर किन्न चाहेको सामान छनौट गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्ने पनि बताइएको छ । आएको आवेदनको आधारमा बैंकहरुले सेवाग्राहीलाई आम्दानीको स्रोतका आधारमा क्रेडिट कार्ड जारी गरिने रिचार्जरले जनाएको छ ।

कोरोना जोखिमलाई ध्यानमा राख्दै अब सुरक्षा उपकरणहरु, विभिन्न ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिज जस्ता विद्युतीय सामानका साथै जुत्ता, कपडा, झोला लगायतका सामान पनि ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ ।

Logo