मकवानपुरमा एक घरमा चारी गर्दै गरेको अवस्थामा ४ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका – ५ स्थित सलमान खानको घरमा चोरी गरिरहेको अवस्थामा प्रहरीले एक महिलासहित र ३ बालकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका पक्राउ पर्नेमा हेटौंडा – ५ की ३४ वर्षीया यमुना लामा र सोही स्थानका १२,१३ र १४ वर्षीय तीन बालकहरू रहेका छन् । शुक्रबारराति उनीहरूलाई चोरी गरिरहेको अवस्थामा खानको परिवार र स्थानीयले पक्राउ गरेर प्रहरीलाई खबर गरेका थिए।





























प्रतिक्रिया