कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघ्यो

कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार नाघ्यो

केन्द्रबिन्दु
24
Shares

नेपालमा थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३ हजार ६९९ जनाको नमूना परीक्षण गर्दा ४३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  २७७ जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३६९ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Logo