बलात्कारको आरोपमा गोरखामा एक वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

बलात्कारको आरोपमा गोरखामा एक वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

केन्द्रबिन्दु
0
Shares

गोरखा ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतमा विहिबार भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो । जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए। गत साउन १६ गते गाउँकै एक १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्रहरीले रानाभाटलाई कारागार चलान गरेको हो ।रासस

Skip This
Skip This
Logo